
SBS Nepali
SBS (Australia)
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Location:
Sydney, NSW
Genres:
News & Politics Podcasts
Networks:
SBS (Australia)
Description:
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Language:
Multilingual
Contact:
SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828
Episodes
Nepali farm near Goulburn offers free mental health retreat for Nepalis in Australia - अस्ट्रेलियामा 'ससुराली': नेपाली स्वादका साथ मानसिक स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै
4/30/2026
For some visitors, reaching a farm with unpaved roads, cooking over firewood, and limited access to modern facilities feels like stepping into a remote village in Nepal. This very “Nepali lifestyle” experience is being offered free of charge to support Nepalis struggling with mental health issues, says Pralad Ghimire, the operator of a farm located about 20 kilometres west of Goulburn. Ghimire spoke to SBS Nepali about how Sasurali Hamro Farm has become a short holiday destination for Nepalis, while also playing a welfare role in supporting mental well-being within the community. - कच्ची बाटो, दाउरा बालेर खाना पकाउनु र आधुनिक सुविधाहरूबाट अलि टाढै रहेको एक फार्म पुग्दा नेपाल पुगेको जस्तो अनुभव केही पाहुनाहरूको छ। र यही नेपालीपन मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका नेपालीहरूका लागि सहयोग स्वरूप निःशुल्क उपलब्ध गराउँदै आएको बताउँछन् ससुराली हाम्रो फार्मका सञ्चालक प्रह्लाद घिमिरे। न्यु साउथ वेल्सको ग्रामीण सहर गोल्बर्नबाट २० किलोमिटर पश्चिममा रहेको यस फार्ममा परिवारबिना एक्लो महसुस गरेका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुरूप आउन चाहे आफूले निःशुल्क केही दिन बस्ने व्यवस्था मिलाउने गरेको घिमिरेको भनाइ छ। उनले एसबीएस नेपालीसँगको कुराकानीमा नेपालीहरूको छोटो बिदाको समय व्यतीत गर्ने गन्तव्य कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा कल्याणकारी भूमिका निर्वाह गर्दै छ भन्ने बारे बताएका छन्।
Duration:00:18:09
Man arrested following death of five-year-old girl in Northern Territory | Morning News Bulletin 01 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १ मे २०२६
4/30/2026
Man arrested following the death of a five-year-old girl in Northern Territory; UK raises threat level to severe; In Formula One, Oscar Piastri looking forward to the Miami Grand Prix. - पाँच वर्षीय बालिकाको अपहरण र हत्या गरेको आरोप लागेका एक पुरुष पक्राउ र उनी विरुद्ध आगामी केही दिनभित्र अभियोग दर्ता गर्ने अपेक्षा, ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न गठित सङ्घीय शाही आयोगको अन्तरिम प्रतिवेदनबारे विपक्षी धारणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Duration:00:05:38
SBS Nepali Community Program Update: Mobile passport service in Perth and football tournament in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा राहदानी घुम्ती सेवा र सिड्नीमा फुटबल
4/30/2026
Listen to this community events update podcast about Nepali community events across Australia, including a mobile passport service in Perth, a table tennis tournament in South Australia, a children’s festival in Sydney and more. - पर्थमा राहदानी घुम्ती सेवा, साउथ अस्ट्रेलियामा सर्भिकल स्क्रिनीङ र सिड्नीमा चिल्ड्रेन फेस्टिभल लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
Duration:00:04:42
SBS Nepali Community Program Update: Mobile passport service in Perth and football tournament in Sydney
4/30/2026
Listen to this community events update podcast about Nepali community events across Australia, including a mobile passport service in Perth, a table tennis tournament in South Australia, a children’s festival in Sydney and more.
Duration:00:04:42
Radio Program: Squatter removal in Nepal, ANZAC Day, and 30 years since Port Arthur massacre - रेडियो कार्यक्रम: पोर्ट आर्थर घटनाको ३० वर्ष, एन्ज्याक डे र नेपालमा सुकुम्वासी बस्ती भत्काइयो
4/30/2026
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 28 April 2026 at 2 PM, and repeated on Thursday, 30 April on SBS Radio 2 from 4 PM. We covered major Australia-focused news from the past seven days, including the 30th anniversary of the Port Arthur shooting and renewed debate about gun control, conversations with participants in the ANZAC Day parades in Sydney and Melbourne, and a musical interview with Deo Ashish Mothey, a member of The Three Seas band. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ एप्रिल सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार ३० एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, पोर्ट आर्थर गोली काण्डको ३० वर्ष पूरा भएको सन्दर्भमा अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानूनबारे चर्चा चलेको विषयलाई उठाएका थियौँ। त्यस्तै नेपाल समाचारमा काठमाण्डू नदी किनारमा रहेका सुकुम्वासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने कार्य सुरु, सिड्नी र मेलबर्नको एन्ज्याक डे परेड र गायक देउ आशिष मोथेसँगको कुराकानी राखेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Duration:00:50:50
Australian weather update for Friday, 1 May 2026 - शुक्रवार, १ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/30/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:39
United Arab Emirates quits OPEC in a blow to the oil cartel - ओपेकबाट संयुक्त अरब इमिरेट्स बाहिरिने निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला?
4/30/2026
The United Arab Emirates has announced it will exit the Organisation of the Petroleum Exporting Countries - or OPEC - from May. Analysts say the decision reflects a growing rift with Saudi Arabia, and stronger ties with the United States. Any impact on oil prices is likely to be dampened by the continued closure of the Strait of Hormuz. - संयुक्त अरब इमिरेट्स (यूएई)ले इन्धन निर्यात गर्ने देशहरूको सङ्गठन, अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज (ओपेक) बाट बाहिरिने निर्णय गरेको छ। साउदी अरेबियासँगको मतभेद र अमेरिकासँगको घनिष्ठ सम्बन्ध सङ्गठनबाट बाहिरिने निर्णयका पछाडिका कारणमध्ये एक भएको विज्ञहरू बताउँछन्। स्ट्रेट अफ होर्मुज बन्द रहेको अवस्थामा संयुक्त अरब इमिरेट्सको यो निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला त? एक रिपोर्ट।
Duration:00:06:50
Cost of the US-Iran war revealed | Morning News Bulletin 30 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ३० एप्रिल २०२६
4/29/2026
The cost of the US-Iran war revealed; Australia and China agree to cooperate on jet fuel shipments; and in sport, Afghan women footballers cleared to return to international competition. - गत डिसेम्बरमा सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीबारी घटनाबारे शाही आयोग छानबिनको अन्तरिम प्रतिवेदन आज सार्वजनिक हुँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
Duration:00:05:29
Australian weather update for Thursday, 30 April 2026 - बिहीवार, ३० एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/29/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १३ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:43
Bikram Lama's death: Homelessness NSW calls for coronial inquest - बिक्रम लामाको मृत्युबारे छानबिन हुनुपर्ने माग
4/29/2026
Homelessness NSW has backed urgent calls for a coronial inquest into the death of Bikram Lama. Lama, who came to Australia from Nepal, was reportedly found near St James Station in Hyde Park in Sydney last December, where he had been rough sleeping. SBS Nepali spoke with Homelessness NSW CEO Dom Rowe, who says an inquest is vital to understand the circumstances of Lama's death. - जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक बिक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, बिक्रम लामाको मृत्युका बारेमा तत्काल कोरोनियल छानबिन गर्न होमलेस्नेस एनएसडब्लुले आह्वान गरेको छ। यो पछिल्लो घटनाले राज्यमा घरबारविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूले भोगिरहेका प्रणालीगत समस्याबारे चिन्ता बढाएको उक्त संस्थाले बताउँदै गर्दा हामीले संस्थाकी सीइओ डअम रोसँग कथित रूपमा नेपाली नागरिक बिक्रम लामाको हुन सक्ने भनिएको उक्त मृत्यु बारे माग गरिएको कोरोनियल इन्क्वेस्ट के हो र यो किन आवश्यक छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Duration:00:14:23
Iran says war with US and Israel far from over | Morning News Bulletin 29 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २९ एप्रिल २०२६
4/28/2026
Iran says war with US and Israel far from over; the search for a missing five-year-old enters its fourth day; the Papua New Guinea Chiefs set to start life with the services of two big stars. - नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी विक्रम लामाको मृत्युबारे तत्काल कोरोनियल छानबिनको मागलाई होमलेसनेस न्यु साउथ वेल्सको समर्थन, नदर्न टेरिट्रीमा पाँच वर्षीय बालिकाको खोजी कार्य चौथो दिन पनि जारी र अमेरिका र इजराइलसँगको युद्ध अझै समाप्त नभएको इरानको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
Duration:00:05:22
Australian weather update for Wednesday, 29 April 2026 - बुधवार, २९ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/28/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:02:00
Tips to reduce petrol costs | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धनमा हुने खर्च घटाउन के गर्न सकिन्छ?
4/28/2026
Rising fuel prices are putting pressure on household budgets across Australia, and for many people, it’s changing the way they travel. So what can you do to reduce your fuel costs without giving up your daily routine? Here are some simple, practical ways to save money on petrol. - अस्ट्रेलियाभर बढ्दो इन्धन मूल्यले घरायसी बजेटमा पनि दबाब पारिरहेको छ। धेरै मानिसहरूका लागि यसले उनीहरूको दैनिक यात्रा गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। त्यसो भए आफ्नो दैनिक दिनचर्या नछोडीकन इन्धन खर्च कसरी घटाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा इन्धनमा पैसा बचत गर्ने केही सरल र व्यावहारिक उपायहरूका बारेमा चर्चा गरिएको छ।
Duration:00:08:42
Thirty years after Port Arthur, are we doing enough about gun control? - पोर्ट आर्थर गोली काण्डको ३० वर्ष: अस्ट्रेलियामा बन्दुक नियन्त्रणका लागि पर्याप्त काम भएको छ?
4/27/2026
It's 30 years today since 35 people died and dozens more were injured in a shooting at Port Arthur, in southern Tasmania. The tragedy led to a mass buyback of more than half-a-million guns and other reforms to gun ownership. Advocates for control say more needs to be done in 2026 to limit the number of guns in the community, but shooters say they feel unfairly treated. - दक्षिणी टास्मेनियाको पोर्ट आर्थरमा भएको गोली काण्डमा ३५ जनाको मृत्यु र दर्जनौँ अन्य घाइते भएको घटनाको करिब ३० वर्ष पुगेको छ । २८ एप्रिल सन् १९९६ को यस घटनापछि बन्दुक फिर्ता गरे बापत रकम पाउने वा बाई ब्याक अभियान चलाइयो र बन्दुकको स्वामित्वसम्बन्धी अन्य सुधारहरू पनि लागू गरिए। तर फेरी गत वर्ष डिसेम्बरमा बोन्डाइ बीचमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएपछि समुदायमा रहेका बन्दुकको सङ्ख्या घटाउन अझ धेरै काम गर्नुपर्ने आवाज उठिरहेका छन्। यसबारे थप रिपोर्टमा सुन्नुहोस्।
Duration:00:09:58
Australia marks the 30th anniversary of the Port Arthur massacre | Morning News Bulletin 28 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २८ एप्रिल २०२६
4/27/2026
Australia marks the 30th anniversary of the Port Arthur massacre; Muslim leaders call on the federal government to help IS group brides in Syria; and in sport, the AFL taking its time to respond to Carlton's report on Elijah Hollands. - टास्मेनियाको पोर्ट आर्थरमा ३५ जनाको ज्यान जाने गरी भएको गोलिकाण्ड घटनाको ३० वर्ष पुरा, क्वीन्सल्याण्डमा बालबालिका माथि यौन दुर्व्यवहारको कथित आरोपमा एक व्यक्ति माथि मुद्दा चलाइँदै र अस्ट्रेलियाको इन्धन भण्डार दुई गुणा बढाउने बारेमा प्रस्ताव लगिँदै लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:33
Nepal Diary: Removal of squatter settlements begins in Kathmandu and Gundruk quality standards established - नेपाल डायरी: काठमाण्डूका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु र तोकियो गुन्द्रुकको गुणस्तर मापदण्ड
4/27/2026
Listen to Nepal Diary, encapsulating news from Nepal over the last seven days. - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
Duration:00:09:49
Australian weather update for Tuesday, 28 April 2026 - मङ्गलवार, २८ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/27/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:53
‘खुसी छैन!’: संसारको वर्तमान अवस्था बारे एन्ज्याक डे परेडमा सहभागी नेपालीभाषीहरू
4/26/2026
गएको शनिवार अस्ट्रेलियाभर विभिन्न समारोहकाबीच पहिलो विश्वयुद्धका क्रममा ग्यालीपोली पुगेका सैनिकहरूको सम्झना गरिएको छ। हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेको यस वर्षको कार्यक्रममा पनि सिड्नी र मेलबर्नमा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुखार्ज’ अन्तर्गत रहेर, हाल अस्ट्रेलियन सेनाका कार्यरत सदस्यदेखि नेपाली सेनाका पूर्व सदस्यसम्म भेला भएका थिए। पूर्व गोर्खा सैनिक, उनीहरूका परिवारजन अनि परेडमा सहभागी भएका समुदायका अन्य सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Duration:00:15:50
Security questions raised following White House dinner incident| Morning News Bulletin 27 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २७ एप्रिल २०२६
4/26/2026
Security questions raised following White House dinner checkpoint breach; Penny Wong heads to China and other Asian nations for key talks; and in the AFL, St Kilda record their biggest win in a decade. - अस्ट्रेलियाले रक्षा बलका लागि यात्रुहरूलाई बारुदी सुरुङ र अन्य विस्फोटक उपकरणहरूबाट सुरक्षित राख्ने सवारी साधन बुशमास्टर सयौँको सङ्ख्यामा खरिद गर्ने, अस्ट्रेलियन विदेश मन्त्रीको विदेश भ्रमणको मुख्य एजेन्डामा ऊर्जा र इन्धन सुरक्षा रहने र अमेरिकी राष्ट्रपति सम्मिलित कार्यक्रममा गोली चलेको लगायतका आजका प्रमुख समाचार सुन्नुहोस्।
Duration:00:05:42
Australian weather update for Monday, 27 April 2026 - सोमवार, २७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/26/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:50